महाभियोग प्रक्रियाबारे संसद् सचिवालय नै अलमलमा, प्रवक्ता डा. पाण्डे भन्छन्: याे नौलो घटना हाे
फाइल तस्बिर
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रक्रिया अघि बढाउने/नबढाउने भन्ने बारेमा संघीय संसद् सचिवालय नै अन्योलमा परेको छ ।
आइतबार संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोग प्रक्रिया अब कसरी अघि बढ्ने भन्नेबारेमा संसद् सचिवालयलाई छुट्टै अधिकार नदिएका कारण यही हुन्छ भन्न सक्ने अवस्था नरहेको बताएका हुन् । उनले महाभियोग सिफारिस समितिले संसद् सचिवालयलाई निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग समितिबाट बहुमतका साथ सचिवालयमा बुझाएको तर संसद् अधिवेशन अन्त्य भएकाले अबको प्रक्रिया के गर्ने भन्ने स्पष्ट नरहेको उल्लेख गरे ।
आइतबार प्रवक्ता पाण्डेले संघीय संसदले निर्देश गरेको अवस्थामा मात्रै संसद् सचिवालयले काम गर्ने बताउँदै तत्काल कुनै पनि नयाँ काम गर्ने परिस्थिति नरहेको उल्लेख गरे ।
प्रवक्ता पाण्डेले संसद सचिवालयसँग प्रधानन्यायाधीश जबराको प्रकृतिको जस्तो महाभियोगको अभ्यास नरहेको बताए । उनले विगतमा भएका महाभियोग सम्बन्धी प्रक्रियाहरू फरक किसिमका रहेको भन्दै विगतमा महाभियोग संसद् कार्यकाल सकिनुअघि नै कुनै फिर्ता लिएको अवस्था र कुनै अदालतले निस्तेज पारेको अवस्थामा गइसकेको जिकिर गरे । उनले अहिलेको महाभियोग संसद्को अवधि रहँदा नसकिएकाले प्रक्रियामा रहँदा रहँदै प्रतिनिधि सभाको समयावधि सकिएको अवस्थामा के गर्ने भन्ने नीतिगत आधार नरहेको बताए ।
प्रवक्ता पाण्डेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगलाई संसद् सचिवालयले नौलो घटनाको रूपमा लिनुपर्ने बताए । प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग सिफारिस समितिले शनिबार राति मात्रै प्रतिवेदन पेस गरेको थियो । समितिले बहुमतले पारित गरेर प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउनुपर्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया