समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू
काठमाडौँ- आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।
निर्वाचन आयोगले बन्द सूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो ।
आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्द सूची बुझाइसकेका छन् । बाँकी अन्य दलले पनि सूची बुझाउन आइरहेको आयोगको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया