राजनीति

सरकारले जनतामाथि गरेको दमन रअत्याचारकाे भण्डाफोर गर्छाैं : अनेरास्ववियु

इकागज |
असोज ३, २०७९ सोमबार १८:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ ।

असोज १ र २ गते काठमाडौँमा सम्पन्न अनेरास्ववियुको तेस्रो नीति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले विश्वविद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएको भन्दै यसको समेत भण्डाफोर गर्ने जनाएको छ । त्यस्तै सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दवावमूलक रचनात्मक आन्दोलन गर्ने र महङ्गी, कालोबजारी, भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने निर्णय पनि संगठनले गरेको छ ।


त्यस्तै इन्धनको मुल्यलाई बैज्ञानिक तथा स्वचालित प्रणाली कायम गरि बस्तुबजार अनुगमन गर्न पनि महाधिवेशनले माग गरेको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । उनले आगामी निर्वाचन धाँधली रहित र निष्पक्ष रूपमा सम्पन्न गराउन पनि माग गरेको बताइन् । उनले संविधानको कार्यान्वयन गराउनका लागि  र शिक्षालाई लगानी बढाउनका लागि पनि संघर्ष गर्ने उल्लेख गरिन् ।

उनले विश्वविद्यालयको पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । महाधिवेशनले अध्यक्ष बरालको संयोजकत्वमा  ११ हजार १ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी निर्माण पनि गरेको अनेरास्ववियुले जानकारी दिएको छ ।


Author

थप समाचार
x