राजनीति

४८ दलले बुझाए समानुपातिकको बन्दसूची

इकागज |
असोज ४, २०७९ मंगलबार १९:१७ बजे

काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ ४८ वटा बन्दसूची दर्ता गरेका छन् । आयोगमा निवेदन दिएका ६८ दल मध्ये १ सय १० समानुपातिक सिटका लागि ४८ वटा दलले बन्दसूची दर्ता गरेका हुन्।

प्रदेश १ मा ५५ दलले निवेदन दिँदा ३७ समानुपातिक सिटको लागि ३६ दलले बन्दसूची दर्ता गरेका छन् । त्यस्तै मधेश प्रदेशमा ५९ दलले निवेदन दिँदा ४३ समानुपातिक सिटका लागि ३६ दलले बन्दसूची दर्ता गरेका छन् । बागमती प्रदेशमा ५८ दलले निवेदन दिएकामा ४० दलले मात्रै बन्दसूची दर्ता गरेका छन् । बागमतीमा ४४ समानुपातिक सिट रहेको छ।


गण्डकी प्रदेशमा ५२ दलले निवेदन दिएकामा ३१ दलले मात्रै बन्दसूची दर्ता गरेका छन् । गण्डकीमा समानुपातिक सिट संख्या २४ रहेको छ। लुम्बिनी प्रदेशमा ५४ दलले निवेदन दिएकामा ३२ दलले बन्दसूची बुझाएका छन् । लुम्बिनीमा ३५ समानुपातिक सिट रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशमा ४९ दलले निवेदन दिएकामा २८ दलले बन्दसूची दर्ता गरेका छन् । कर्णालीमा समानुपातिकका लागि १६ सिट रहेको छ।  सुदुर पश्चिम प्रदेशमा निवेदन दिएका मध्ये ३४ दलले बन्दसूची दर्ता गराएका छन् । सो प्रदेशमा २१ समानुपातिक सिट संख्या रहेको छ।


Author

थप समाचार
x