राजनीति

सत्ता गठबन्धनमा भोलिसम्ममा सिट बाँडफाँटबारे टुंगो लाग्ला ?

इकागज |
असोज ४, २०७९ मंगलबार २०:८ बजे

काठमाडौँ- मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ दलहरूलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ । 

निर्वाचनका लागि समानुपातिक सदस्यहरूको सूची बुझाएसँगै दलहरू प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् । मंगलबार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरूले सिट बाँडफाँट टुंगोमा पुग्न लागेको दाबी गरेका छन् । सत्तारुढ गठबन्धनका नेताहरूले भोलिसम्ममा सिट बाँडफाँट टुंग्याउने दाबी गरेका हुन् । 


बैठकमा सहभागी एक नेताले भोलिसम्ममा सिट बाँडफाँट टुंग्याउने दाबी गरे । 'छलफल जारी छ । भोलिसम्म टुंग्याउने भन्ने सहमति भएको छ,' उनले भने । 

१ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको र केही क्षेत्रमा दुई र केहीमा तीन दलले दाबी गरिरहेकोले त्यसबारे छलफल केन्द्रित भएको उनको भनाइ थियो । 


Author

थप समाचार
x