राजनीति

राष्ट्रपतिकाे कदम संविधानको उल्लंघन हाेइन : तामाङ

इकागज |
असोज ५, २०७९ बुधबार १८:५२ बजे

काठमाडौँ- नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन नगरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिले कुनै असंवैधानिक कदम नचालेको र संविधानको भावनाअनुसार नै अघि बढेको बताएका हुन् । उनले राष्ट्रको अभिभावकत्व र संविधानको संरक्षकत्व राष्ट्रपतिले लिएको तर्क गरे । यसअघि राष्ट्रपतिले दिएको सुझावलाई सत्तारुढ गठबन्धनले गम्भीर रूपमा नलिएको उनको भनाइ छ । तामाङले राष्ट्रपतिलाई अपमानित गर्ने कामप्रति घोर आपत्ती रहेको धारणा राखे ।


कार्यक्रममा कांग्रेस नेता महेन्द्र यादवले राष्ट्रपतिले संविधानलाई उल्टाएर व्यवस्थालाई उल्टाउने प्रयास भएको र यो संविधानमाथिको ठूलो प्रहार भएको बताए ।

त्यस्तै जसपाका नेता मनिष सुमनले राष्ट्रपतिको कदम गलत भएको भन्दै संवैधानिक पदमा बसेको व्यक्तिले देशका लागि काम गर्नुपर्ने बताए ।

त्यस्तै उनले राष्ट्रपतिको अहिलेको कदमले भविष्यमा गलत नजिर बस्ने बताए । 


Author

थप समाचार
x