राजनीति

समाजलाई अनुशासित बनाउन प्रेस जगतको महत्वपूर्ण योगदान : सञ्चारमन्त्री

इकागज |
असोज ७, २०७९ शुक्रबार १८:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण गर्दै मन्त्री कार्कीले समाज रूपान्तरणमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको र समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वपूर्ण योगदान रहेको बताएका हुन् ।


हरेक नागरिकले संविधानमा उल्लेख पूर्ण अधिकार प्रयोग गर्नका लागि सरकार सचेत रहेको उनको भनाइ छ । उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चार जगतले खेलेको भूमिकाको स्मरण गरे ।

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आफ्ना दिवंगत सहकर्मीद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट जोखिमयुक्त र साहसिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई २०६३ सालदेखि बर्सेनि पुरस्कृत गर्दै आएको छ ।


Author

थप समाचार
x