राजनीति

देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्छ : गणेश तिमिल्सिना

इकागज |
असोज १२, २०७९ बुधबार १८:४ बजे

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्ने बताएका छन् ।

चन्द्रलोक प्रतिष्ठानले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरू चुकेका कारण जनतामा निराशा छाएको भन्दै अब भने गम्भीर भएर देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रित हुनुपर्ने बताएका हुन् ।


उनले राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गरेर नै मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखे । हिजो गरेका त्यागको कुरा मात्रै गरेर आज केही नगर्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै उनले मुलुकको विकासका लागि प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । 


Author

थप समाचार
x