संघीय संसद्को निर्माणाधीन भवनको कामको गति बढाउन निर्देशन
काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को निर्माणाधीन भवनको कामको गति बढाउन निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरबार परिसरभित्र संघीय संसद्का दुई सदन राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक कक्षलगायत विभिन्न भवनहरूको शुक्रबार स्थलगत अवलोकन गर्दै कामको गति बढाउन निर्देशन दिएका हुन् । अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताए । उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्न तीन सिफ्टमा काम गराउन निर्देशन दिए । उनले अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने नदेखिने भन्दै २०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्ने धारणा राखे ।
२०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो । हाल कोभिडका कारणले थप गरिएको ६ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको सहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ । आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम ५ अर्ब २ करोड रहेको छ । कूल १५१ रोपनी क्षेत्रफलमा फैलिएको संघीय संसद् प्राचीन स्वरूपमा निर्माण भइरहेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया