राजनीति

विवेकशील साझाका मधेश संयोजक धनपति महतोले गरे पार्टी परित्याग

इकागज |
असोज १६, २०७९ आइतबार १४:५८ बजे

काठमाडौं- विवेकशील साझाका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संयोजक धनपति महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । महतोले पार्टीमा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । 

शनिबार मात्र लुम्बिनी प्रदेशका पदाधिकारीसहित ३१ जनाले राजीनामा दिएका थिए । पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले अगाडि सारेको ‘विचारभन्दा माथि देश’ दस्तावेज आफूहरूसँग छलफल नै नगरी खारेज गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । 



Author

थप समाचार
x