राजनीति

वामदेवलाई राष्ट्रिय सभामा जान बाटो खुल्यो

इकागज |
कात्तिक २६, २०७७ बुधबार १६:४७ बजे

काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्नका लागि बाटो खुला भएको छ । सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यका हैसियतमा काम गर्न रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने जारी नगर्ने निर्णय गरेको हो । 

इजलासको बहुमतले त्यस्तो निर्णय गरेको हो । निर्णयमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले फरक मत राख्दै अन्तरिम आदेश जारी गर्ने पक्षमा राय दिएका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठसहितको बहुमतबाट अन्तरिम आदेश नदिने निर्णय भएको हो ।


व्रिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न र मन्त्री नबनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 
 


Author

थप समाचार
x