राजनीति

मुख्यमन्त्री पौडेलले काठमाडौँमा बोलाए सर्वदलीय बैठक

इकागज |
बैशाख ५, २०७८ आइतबार २१:२५ बजे

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । सोमबार काठमाडौंमा बैठक बस्ने गरी बोलाइएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

बागमती प्रदेश सभा पटकपटक स्थगित भएपछि प्रदेश सभा सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम र कोरोनाको रोकथाम र नियन्त्रणको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । बागमती प्रदेशमा यसअघि ४ पटकसम्म नेकपा माओवादीले संसद चल्न अवरोध गरेपछि प्रदेश सभा स्थगित हुँदै आएको थियो ।


संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष दल माओवादीलाई नेपाली कांग्रेस लगायत अन्य साना दलहरुले पनि समर्थन जनाएका थिए । यसैगरी प्रदेशमा पछिल्लो समय दैनिक ३ सयभन्दा माथि कोरोनाका सङ्क्रमितहरु थपिदै गएको छ । आजमात्रै बागमती प्रदेशमा ४ सय ७५ जना कोरोनाका सङ्क्रमितहरु थपिएका हुन् ।  


Author

थप समाचार
x