राजनीति

सत्ता गठबन्धनको बैठक जारी

इकागज |
असोज २०, २०७९ बिहीबार ११:३७ बजे

काठमाडौं - सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । ​आगामी ४ मंसिरका लागि हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट बाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरूप बैठक जारी राखिएको नेताहरूले बताएका छन् । 

औपचारिक रूपमा नै जसपा नेपालले सत्तारूढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्टीसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने नेकपा एसले पनि नेकपा एमालेले जीत हासिल गरेका स्थान भन्दा कम सिट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । यी असन्तुष्टिका  बिचमा सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको हो । 



Author

थप समाचार
x