राजनीति

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारले के-के मा खर्च गर्न पाउँछन् ?

इकागज |
असोज २१, २०७९ शुक्रबार १६:१६ बजे

काठमाडौँ- मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारले निर्वाचन आयोगले तोकेको क्षेत्रभित्र रहेर खर्च गर्न पाउने भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य तथा निर्वाचन,’ २०७४ निर्वाचन आचार संहिता अनुसार मतदाता नामावली खरिदमा र सवारी साधनका लागि उम्मेदवारले खर्च गर्न पाउने भएका हुन् ।


प्रचारप्रसार सामग्री र ढुवानीमा पनि उम्मेदवारले खर्च गर्न पाउने आयोगले उल्लेख गरेको छ । गोष्ठी अन्तरक्रिया तथा अन्य प्रचारप्रसारमा उम्मेदवारले खर्च गर्न पाउने आयोगले जनाएको छ ।

छापा विद्युतीय माध्यम (सामाजिक सञ्जाल) र कार्यालय सञ्चालन वा प्रविधि परिचालनमासमेत उम्मेदवारले खर्च गर्न पाउने आयोगले प्रस्ट पारेको छ ।


Author

थप समाचार
x