मुख्य शहरी क्षेत्रको विद्यालय बन्द गर्ने सरकारको निर्णय
फाइल तस्बिर
काठमाडौँ : कोभिड-१९ फैलिएपछि मुख्य शहरी क्षेत्रको विद्यालय बन्द गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तभर मख्य शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
'सरकारले मुख्य शहरी क्षेत्रको विद्यालय मात्रै बन्द गर्ने निर्णय गरेको हो' खानेपानी मन्त्री मणी थापाले इकागजसँग भने ' भर्चुअल कक्षा सञ्चालन गनुपर्छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार निर्णय भएको हो ।'
त्यस्तै संसद्को हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज दिउँसो १ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया