पहिरोमा बेपत्ता र घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन

फाइल फोटो
काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिराेमा परेर बेपत्ता भएकाहरुको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृह प्रशासन र प्रजिअलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकोप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । उनले सो क्षेत्रमा अहिले पनि पानी परिरहेको जानकारी दिए ।
प्रजिअका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिराेमा पुरिएर यो समाचार तयार पार्दासम्म सातजनाको मृत्युु भएको छ । अन्य दुईजना घाइते भएकामध्ये एकको अवस्था गम्भीर रहेको छ । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलतर्फ प्रजिअसहित जिल्ला सुरक्षा मितिको टोली गइरहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया