राजनीति

सभामुख सापकोटाले सरकारी निवास छाडे

इकागज |
असोज २२, २०७९ शनिबार १७:३२ बजे

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन् ।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले  सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन् । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंसिरमा हुन गईरहेको निर्वाचन प्रक्रियाबाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए । 



Author

थप समाचार
x