निर्वाचनमा ७५ हजार सेना परिचालन हुने
काठमाडौँ- मंसिर ४ मा हुने चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन् । निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। चुनावको मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएका छन् ।
मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन हुने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सेना परिचालन गर्न स्वीकृति दिइसकेकी छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया