राजनीति

एमाले निवर्तमान सांसद बसन्तीदेवी दिइन् स्वतन्त्र उम्मेदवारी

इकागज |
असोज २३, २०७९ आइतबार १२:२३ बजे

विराटनगर - नेकपा एमालेकी निवर्तमान प्रदेशसभा सांसद बसन्तीदेवी यादवले स्वतन्त्र उम्मेदवार दिएकी छन् । उनले मोरङ क्षेत्र नम्बर ५ ९ख० मा स्वतन्त्र  उम्मेदवारी दिएकी हुन् । यादव प्रदेश १ को प्रदेशसभाको पहिलो कार्यकालमा समानुपातिक सांसद थिइन् । 

उनले आफ्नो नाम एक नम्बरमा सिफारिस भएर गएपनि नाम काटिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताइन् । क्षेत्र नम्बर ५ मा एमाले(जसपा गठबन्धनबाट प्रतिनिधिसभामा जसपाका राजकुमार यादव र प्रदेश सभा ५ 'ख' मा जसपाकै जयराम यादव उम्मेदवार बन्दैछन् । ५ 'क' मा भने एमालेकै भागमा परेको छ । त्यहाँ सन्तोष साह एमालेबाट उम्मेदवार बनेका छन् । 


निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ ५ मा अपरान्ह १२ बजेसम्म यादव बाहेक कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन् ।


Author

थप समाचार
x