कुलमान चुनावमा नउठ्ने
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हाललाई कुनै पनि राजनीतिक दलको टिकट लिएर चुनाव नउठ्ने भएका छन् । मुलुकलाई लोडसेडिङमुक्त तुल्याएर चर्चामा रहेका घिसिङ यसअघि काठमाडौंको कुनै एक क्षेत्रबाट चुनाव उठ्ने चर्चा चलेको थियो ।
उनी सत्तारूढ माओवादी केन्द्रको टिकट लिएर उठ्ने अनुमान धेरैको थियो । उनलाई अन्य राजनीतिक दलहरूले पनि आफ्नो दलको टिकटमा संघीय संसद्को प्रत्यक्षबाट उठ्न आग्रह गरेका थिए ।
‘हाललाई राजनीतिक दलको उम्मेदवार भएर म चुनाव नउठ्ने निर्णय गरें,’ घिसिङले उम्मेदवारी दर्ताको अन्तिम दिन आइतबार इकागजसँग भने ।
घिसिङ चुनावमा उठ्ने चर्चा ‘भाइरल’ भइरहेका बेला इकागजसँग यसअघि घिसिङले भनेका थिए, ‘म उठ्ने/नउठ्ने निर्णय गरिसकेको छैन ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया