लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा केसीलाई प्रस्ताव
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् । पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको फकरुध्दिन खानले जानकारी दिए ।
८७ सदस्यीय प्रदेशसभ सदस्य मध्ये माओवादी केन्द्रका २ जना कारबाहीमा परेका छन् । सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । ४१ सांसदले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया