राजनीति

नेपाल समूहका विष्णु रिजाल ओलीले डाकेको बैठकमा सहभागी

इकागज |
बैशाख ६, २०७८ सोमबार १४:४१ बजे

फाइल तस्बिर

काठमाडौँ ।  नेकपा एमालेका नेता विष्णु रिजाल अध्यक्ष केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिएका नेता रिजाल एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । नेपाल समूहले उक्त बैठकमा नजाने बताइरहेको बेला रिजाल गएका हुन् । नेपाल समूहका नेता अमृतकुमार बोहोराले आइतबार नै विज्ञप्ति जारी गरेर उक्त बैठक रोक्न माग गरेका थिए ।    

माधवकुमार नेपालनिकट मानिएका रिजाल अर्थमन्त्री विष्णु पौडेलसँग पनि निकट रहेको बताइएको छ । उनै पौडेलसँगको छलफलपछि रिजाल आजको बैठकमा सहभागी हुन बालुवाटार पुगेको स्रोतको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि ओलीको विरोध गर्दै दाहाल-नेपाल समूहमा लागेका रिजाल सर्वाेच्चको फैसलापछि एमाले र माओवादी ब्युँतिदा एमालेकै नेपाल समूहमा लागेका थिए । 



Author

थप समाचार
x