प्रधानमन्त्री देउवाको दुई थरी उमेरविरुद्ध मल्लले दिए उजुरी
काठमाडौं– डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका प्रधनमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवामाथि प्रत्यासी कर्ण मल्ले उजुरी हालेका हुन् ।
देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेसँगै मल्लले उम्मेदवारी खारेज हुनुपर्ने दाबी गर्दै उनले उजुरी हालेका छन् । प्राप्त विवरणअनुसार देउवाको नागरिकतामा २००३ जेठ ३१ गते जन्म मिति रहेको छ । त्यस्तै मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ ।
मल्ल अहिले बिपी कांग्रेसबाट उनी देउवाविरुद्ध चुनावी मैदानमा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया