राजनीति

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्धको उजुरी खारेज

इकागज |
असोज २५, २०७९ मंगलबार १६:५६ बजे

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्धको उजुरी खारेज भएको छ । देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानविन गरेको बताउदै मुख्य निर्वाचन अधिकृत वाग्लेले सबै कागजात कानुनसम्मत देखिएपछि उम्मेदवारी कायम रहने निर्णय भएको बताए । एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उम्मेदवारी दिएका देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।


उजुरीमा नागरिकतामा देउवाको जन्ममिति वि.सं. २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको उल्लेख गरिएको थियो ।


Author

थप समाचार
x