स्वतन्त्र उम्मेदवारले कसरी पाउँछन् चुनाव चिह्न ?
काठमाडौँ - निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवाहरूलाई निर्वाचन चिह्न दिँदै छ । त्यसअघि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । उनीहरूले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन पाउने छन् ।
आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उमेदवारलाई आजै चिह्न दिनेगरी आयोगले जनाएको छ ।
पार्टीका आधिकारिक उम्मेदवारले पार्टीकै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्रहरूलाई आयोगले नयाँ चुनाव चिह्न प्रदान गर्नेछ । स्वतन्त्रले प्रयोग गर्ने गरी निर्धारण गरिएका चिह्नहरूको समूहबाट उनीहरूलाई चिह्न प्रदान गरिने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्वतन्त्र उम्मेदवारले सोही समूहबाट चिह्न रोज्न पाउनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया