राजनीति

पूर्वमन्त्री खत्रीले लिए उम्मेदवारी फिर्ता

इकागज |
असोज २६, २०७९ बुधबार १४:४३ बजे

सुर्खेत। पूर्व मन्त्री खड्क खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका खत्रीले फिर्ता लिएका हुन्। 

खत्रीले बुधबार गुर्भाकोट नगरपालिका–८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका छन् । सोही निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर निर्वाचन जितेका खत्री कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री समेत बनेका थिए । उनको नाम जिल्लाबाट सिफारिसमा परे पनि टिकट भने पाएनन् । 


उक्त क्षेत्रबाट एमाले नेता डण्डीप्रसाद शर्माले टिकट दिएपछि खत्रीले बागी उम्मेदवारी दर्ता गराएका थिए । पार्टीभित्र देखिएको समस्या समाधान भएपछि खत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए । 
 


Author

थप समाचार
x