गण्डकीका मन्त्री मेखलालले उम्मेदवारी फिर्ता लिए
पाेखरा- स्याङ्जा क्षेत्र नम्बर १ प्रदेश ख मा उम्मेदवारी दिएका गण्डकी प्रदेशका मन्त्री तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धनको मर्म अनुसार आफूले उम्मेदवारी फिर्ता लिएको उनले फेसबुकमार्फत बताएका छन् ।
उनले सांसद भए पनि नभए पनि आफ्नाे जिल्ला र क्षेत्रका मतदातासँगै रहने प्रतिबद्धता जनाएका छन् । उक्त क्षेत्र गठबन्धनले भागबन्डा गर्दा माओवादी केन्द्रलाई परेको थियो । कार्यकर्ताको दबाब भन्दै मेखलाल श्रेष्ठले सभापति शेरबहादुर देउवाबाट टिकट ल्याएर उम्मेदवारी दर्ता गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया