राजनीति

प्रधानमन्त्री देउवालाई हराउन एमाले अध्यक्ष ओलीको निवेदनले उम्मेदवारी फिर्ता

इकागज |
असोज २६, २०७९ बुधबार १५:४८ बजे

डडेल्धुरा- डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फका एमालेका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेका प्रतिनिधिसभाका उमेदवार चक्र स्नेहीसहित पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिएका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता लिन निवेदन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभा तर्फ उम्मेदवारी दिएका दुई जना गरी पाँच जनाले उम्मेदवारी फिर्ता गरेका छन्।

प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

त्यस्तै प्रदेशसभा क मा कांग्रेस बीपीका गणेश जोशी र प्रदेशसभा ख मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन् ।


Author

थप समाचार
x