ओलीको पत्रले चितवन ३ का रामप्रसाद अधिकारीको उम्मेदवारी सूचीबाट हट्यो
चितवन- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ ।
एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार न्यौपानेको उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।
एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन ३ मा माओवादीबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट चुनाव लड्दै छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया