राजनीति

काठमाडौँ-५ का स्वतन्त्र उम्मेदवार कँडेलले पाए 'चप्पल'

इकागज |
असोज २६, २०७९ बुधबार १७:१७ बजे

काठमाडौंँ- काठमाडौँ- ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले चुनाव चिन्ह चप्पल चुनाव चिन्ह पाएका छन्। निर्वाचन आयोगले आज स्वतन्त्र उम्मेदवार कँडेललाई चप्पल चुनाव चिन्ह दिएको हो ।

निर्वाचन आउन ३९ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी तथा सामाजिक अभियन्ता विजय कँडेललाई चप्पल चुनाव चिन्ह दिएको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ।


उनी चुनाव चिन्ह लिन टोखा नगरपालिकाको वडा नम्बर ५ मा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गरिएको हो। प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टा छुट्टै निर्वाचन चिह्न वितरण गरिएको आयोगले जनाएको छ। काठमाडौं क्षेत्र नम्बर ५ मा १४ जना स्वतन्त्र उम्मेदवारहरू मध्ये कँडेल बलियो उम्मेदवार देखिन्छन्।


Author

थप समाचार
x