रुपन्देही ५ (१) मा कांग्रेसका विष्णु पोखरेलको उम्मेदवारी रद्द
काठमाडौँ - रुपन्देही क्षेत्र नम्बर ५ को प्रदेश सभा (१) मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका विष्णु पोखरेलको उम्मेदवारी रद्द भएको छ । निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको हो । आफूले फिर्ता नलिइकनै निर्वाचन कार्यतालिकाको प्रक्रिया मिचेर आफ्नो उम्मेदवारी रद्द गराएको भन्दै आफू अदालत जाने पोखरेलले बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले टिकट दिएर उम्मेदवारी दर्ता गरे पनि गृहमन्त्रीको दबाबमा उम्मेदवारी फिर्ता गर्ने समय गुज्रिसकेपछि उम्मेदवारी रद्ध गराएको पोखरेलको आरोप छ ।
उम्मेदवारी फिर्ता गर्ने समय बिहान ११ बजेदेखि १ बजेसम्म रहेको थियो । ‘२ बजे निर्वाचन अधिकृतले मेरो उम्मेदवारी कायमै रहेको जानकारी दिएका थिए‚’ उम्मेदवार पोखरेलले भने‚ ‘त्यसपछि मात्रै उम्मेदवारी रद्द भएको सूचना आयो ।’
उनले टिकट दिने सभापतिले उम्मेदवारी फिर्ताबारे केही नभनेको तर गृहमन्त्री खाणले शेखर पक्षलाई समाप्त गर्ने नियतका साथ रद्द गर्न लगाएको आरोप लगाए ।
‘म बागी उम्मेदवार थिइनँ । सभापतिले टिकट दिएर उठेको मान्छे हो तर गृहमन्त्रीको निर्देशनमा कानुन मिचियो,’ उनले भने, ‘यसविरुद्ध अदालत जानेछु ।’ गृहमन्त्रीले शेखर पक्षमाथि गरेको अन्यायको पार्टीभित्र पनि भन्डाफोर गर्ने उनले बताए । उनले प्रतिनिधि सभामा कांग्रेस उमेद्वार भरत शाहलाई जिताउन आफू लागि पर्ने भन्दै न्यायका लागि दालत भने जाने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया