मत सर्वेक्षण गर्न नपाइने
काठमाडौँ- मङ्सिर ४ गते हुने निर्वाचनका लागि व्यक्ति तथा संघ-संस्थाले राजनीतिक दल तथा उम्मेदवारको मत सर्वेक्षण गर्न नपाउने भएका छन् ।
निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेकाले आचारसंहिता विपरीत व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगले पाएकाले मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख छ ।
आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।
यसअघिको स्थानीय तहको निर्वाचनमा विभिन्न संघ संस्थाले राजनीतिक दल तथा उम्मेदवारको मत सर्वेक्षण गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया