राजनीति

नेपाल प्रहरी र राष्‍ट्रिय अनुसन्धान विभागलाई उम्मेदवारको गतिविधि अनुगमन गर्न आयोगको निर्देशन

इकागज |
असोज २७, २०७९ बिहीबार १६:५ बजे

काठमाडौँ- निर्वाचन आयोगले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई राजनीतिक दल र उम्मेदवारले आचारसहिंता विपरीत गरेको कार्य सूक्ष्म अनुगमन गर्न निर्देशन दिएको छ ।

नेपाल प्रहरी र राष्‍ट्रिय अनुसन्धान विभागलाई स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न आयोगले निर्देशन दिएको हो । आचार संहिता उल्लंघन निर्वाचन खर्चका सम्बन्धमा सूक्ष्म अध्ययन गर्न आयोगले बताएको छ ।


उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै विवरण उल्लेख गरी आयोगलाई बुझाउनु आयोगले जनाएको छ ।


Author

थप समाचार
x