आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने दुष्प्रयास नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी
काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन कानुनअनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रता विरोधी गतिविधि गर्यो भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेतसमेत गराए ।
शुक्रबार आयोग कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न गम्भीर बन्न पटकपटक आग्रह गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले निर्वाचन कानुन र संवैधानिक मूल्यमान्यता बमोजिम निर्वाचनको कार्य सम्पादन गर्नका लागि विभिन्न निकायहरूलाई निर्देशन दिन सक्ने व्यवस्था रहेको पनि स्मरण गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया