राजनीति

निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण

इकागज |
असोज २९, २०७९ शनिबार १८:४० बजे

काठमाडौँ- निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । 

आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित कार्यक्रमको शुभारम्भमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनको परिचालनमा जनशक्ति परिचालन र सामग्री तथा जिन्सी व्यवस्थापन महत्वपूर्ण पक्ष भएकाले आफूले गर्नुपर्ने कामबारे स्पष्ट बोध नभएमा त्रुटि हुनसक्ने भएकाले यस सवालमा सम्बन्धित प्रशिक्षक र कर्मचारी संवेदनशील हुनुपर्नेमा जोड दिइन् ।


आयुक्त डा तुलाधरले परिचालनलाई मूल मन्त्र ठानेर स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित, पारदर्शी तथा मितव्ययी निर्वाचन गराउन आयोग चिन्तित र कटिबद्ध रहेको स्पष्ट रहेको पनि बताइन् । कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले जिन्सी व्यवस्थापन र आर्थिक प्रशासनका विषयमा प्रशिक्षित भई प्रदेश तथा जिल्लास्तरमा प्रशिक्षणको दायित्व भएकाले प्रशिक्षकहरूले निर्वाचन कानुन, निर्देशिका र विद्यमान प्रक्रिया समेतका विषयमा स्पष्ट बुझेर जानुपर्ने बताए ।


Author

थप समाचार
x