राजनीति

भक्तपुर-२ का कांग्रेस उम्मेदवार दुर्लभ थापालाई आयोगले सोध्यो स्पष्टीकरण

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १०:२८ बजे

काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधेको छ । आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको भन्दै नेपाली काँग्रेसका जिल्ला अध्यक्षसमेत रहेका थापालाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।  

थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिताविपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । थापालई निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।



Author

थप समाचार
x