ओलीमाथि खनिएका रावलले भने : आफूले मनपरी अत्याचार गर्ने, अरूलाई चुप लाग भन्ने ?
काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीले अन्याय र अत्याचार गरेको बताएका छन् । नेता रावलले बिहीबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फ अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।
'अन्याय सार्वजनिक रूपमा गर्ने तर त्यसबारे सार्वजनिक रूपमा नबोल भन्ने कुरा लोकतन्त्र र कम्युनिष्ट पार्टीमा भन्न सुहाउँछ र ?' उनले आफूसँग आन्तरिक रूपमा नै किन छलफल नगरेको भन्दै प्रश्नसमेत गरेका छन् ।
प्रतिनिधि सभाको उम्मेदवारी रोकिएको सन्दर्भमा आफूले सार्वजनिक रूपमा बोल्न नहुने भनी तर्क गरेको सुनिएको भन्दै उनले आपत्ति जनाएका छन् । 'मेरो उम्मेदवारी सार्वजनिक रुपमा नरोकेर पार्टीभित्रै मसँग छलफल नगरेको किन त ? यस प्रशंगमा चिनियाँ क्रान्तिकालका प्रसिद्ध साहित्यकार लु शुनको यो भनाइ सान्दर्भिक छ- बिरालोले मुसा समातेपछि पीडाले मुसा चिच्याउँदा बिरालोले त्यो त्यतिकै किन चिच्याएको होला भनि ठानेझैं, अन्यायी-अत्याचारीले अत्याचार हुँदा पनि जनता चुप लाग्नुपर्छ, किन कराउने भनी ठान्छन् । त्यस्तै हो, आफूले मनपरी गर्ने, अरुलाई चुपचाप आदेश पालना गर भन्ने। यस्तो कुरा लोकतन्त्र र कम्युनिस्ट पार्टीको मान्यताविरुद्ध छ,' उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया