संविधानको रक्षाका लागि गठबन्धन आवश्यक : उपसभापति खड्का
सुर्खेत। निर्वाचन नजिकिँदै गर्दा सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर खड्का घरदैलो अभियानलाई प्राथमिकता दिएका छन् । खड्का मतदाताहरुसँग भेटघाटमा व्यस्त रहेका छन् ।
मतदाताहरुसँग भेटको क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि गठबन्धनको विजयी आवश्यक रहेको औल्याएका छन् ।
सुर्खेत क्षेत्र नं. १ का मतदाता भेटघाट कार्यक्रमहरूलाई उपसभापति खड्काले अधुरा रहेका विकास निर्माणका आयोजनाहरु पूरा गर्ने जनाएका छन् । उनले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरुलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठूला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
चार दशक बढी राजनीति गर्दै आएका खड्काले उतिबेलाको पूर्वी सुर्खेतको विकासको अवस्था र अहिलेकोमा धेरै अन्तर रहेको चर्चा गरे । ‘पहिले यही बाटो लट्ठी टेकेरै हिडिन्थ्यो, स्वास्थ्यचौकी थिएन, बाटोघाटो, पुल थिएनन्’ उति बेलाको राजनीति गर्दाको क्षण सम्झँदै खड्का थप्छन्, ‘अहिले यहाँ विकास निर्माणले धेरै फड्को मारिसकेको छ ।’ खड्काले पूर्वी सुर्खेतका मतदातामाझ अधुरा रहेका विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
‘अबको निर्वाचन संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्न जोडिएको छ,’ खड्काले मतदाताहरुसँग भने, ‘त्यसकारण गठबन्धनको सरकारको आवश्यक रहेको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया