राजनीति

यसकारण ओलीको चुनाव लड्ने प्रस्ताव अस्वीकार गरेँः डा. स्वर्णिम वाग्ले

इकागज |
कात्तिक ५, २०७९ शनिबार १५:१६ बजे

काठमाडौँ- अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन् ।

अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको जिकिर गरे ।


वाग्लेले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएका कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने उल्लेख गरे । उनले युवाहरूसँग घुलमिल हुने कार्यक्रम आफूले शनिबारबाट काठमाडौँ क्षेत्र नम्बर ४ बाट सुरु गरेको भन्दै यो कार्यक्रम देशभर नै आयोजना गर्ने आफ्नो योजना रहेको बताए ।

नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको टिकटको आकांक्षी भएपनि टिकट नपाएपछि अबको ५ वर्ष मतदाता र युवामाझ आफ्नो सक्रियता बढाउन प्रयोग गर्ने उनकाे भनाइ छ ।

अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली काँग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखिएको जिकिर गरे ।  


Author

थप समाचार
x