वाग्मती प्रदेशको सातौँ अधिवेशन अन्त्य
बागमती : वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन आज वैशाख ७ गते राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस भएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेकाे प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले जानकारी दिए । प्रदेशसभाको चालू बैठक गत वैशाख २ गते सञ्चालन भई अर्को सूचना जारी नभएसम्मका लागि भनी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया