कात्तिक १८ देखि उम्मेदवारले र्याली, गोष्ठी गर्न पाउँछन्ः आयुक्त भण्डारी
काठमाडौँ- निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले आगामी कात्तिक १८ देखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारप्रसार गर्न पाउने बताएका छन् ।
आइतबार प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेश स्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कात्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरूलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्याली, गोष्ठी, सेमिनार लगायतका प्रचारबाजी गर्न नहुने बताए ।
उनले उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समयसीमा तोकेकाले समयसीमाभित्र रहेर उम्मेदवारले प्रचारप्रसार गर्न उचित हुने उल्लेख गरे । आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आएपनि मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए ।
उनले सञ्चार जगत् र निर्वाचन आयोग एउटै सिक्काका दुई वटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने जिकिर गरे ।
आयुक्त भण्डारीले आगामी निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया