एमालेको चुनावी घोषणापत्र छठपछि मात्र
काठमाडौँ- नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरू अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।
'घोषणापत्र बनाउन सुझावहरू धेरैजसो आइसकेको छ, आएका सुझावहरूको अध्ययन भइरहेको छ,' सचिव विष्टले भने, 'घोषणापत्रलाई अन्तिम रूप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ ।'
एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रूप दिने काम गरिरहेको उक्त विभागले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया