ओनसरी घर्तीकाे प्रतिबद्धता : अब निर्वाचन क्षेत्र परिवर्तन गर्दिनँ
काठमाडौँ- सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
काठमाडौँ क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन् ।
सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकिर गर्दै सो सन्देश स्थानीय जनतामा पुर्याउन गठबन्धनका नेता, कार्यकर्तालाई निर्देशन समेत दिइन् ।
घर्तीले काठमाडौँ क्षेत्र नम्बर २ का स्थानीय जनप्रतिनिधिहरूले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । स्थानीय तहका जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेको प्रतिबद्धता पूरा गराउन केन्द्रमा पहुँच पुर्याउन आफू सक्षम रहेको उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया