कांग्रेसको घोषणापत्र यथार्थपरक : डा.स्वर्णिम वाग्ले
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्प पत्र यस्तो बताएका हुन् । नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादम्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरू राखिएको बताए । उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएको पनि उल्लेख गरे ।
नेता वाग्लेले घोषणापत्रमा डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनीयताका आधारहरू समावेश गरेको उल्लेख गरे ।
वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डाका रूपमा ५ वटा विषयहरू समावेश गरेको बताए । जसमा आयात, वाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फीतिको विषयहरू रहेका छन् । मुद्रास्फीतिको विषय आगामी सरकार बनेको ६ महिना भित्रमा समाधान हुने डा. वाग्लेकाे भनाइ छ । नेता वाग्लेले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवर्द्धन र युवाहरूका लागि डिजिटलाइजेसनकाे विषय तत्काल आर्थिक एजेण्डाका रूपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताए । उनले वृद्धभत्ता ६८ बाट घटाउँदै ६५ पुर्याउने र कोखदेखि शोकसम्मको अवधारणालाई अझ गतिशील बनाउने कुरा घोषणापत्रमा रहेको जिकिर गरे।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया