राजनीति

डा. तोसिमा कार्कीद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

इकागज |
कात्तिक १४, २०७९ सोमबार १५:९ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छन् । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै रिट दर्ता गरेकी हुन् ।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेकी कार्कीले आफ्नो उम्मेदवारी खारेज भएपछि सर्वोच्च पुगेकी थिइन् । मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उनकाे उम्मेदवारी खारेज गरेको थियो ।


त्यसअघि काठमाडौँको माइतिघरमा आयोजित विरोध प्रदर्शनमा कार्कीले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको पद नभएको जानकारी गराउँदा पनि उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको उनले बताइन् ।

प्रदर्शनमा सहभागीहरूले 'डा कार्की चुनावमा निर्वाचन आयोग षडयन्त्रमा', 'युवालाई साथ दिउँ नयाँ युग पाँउ', 'राजनीति फोहाेरी खेल गर्न पाइँदैन', लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 


Author

थप समाचार
x