असक्त मतदाताले सहयोगी लैजान पाउने
फाइल तस्बिर
काठमाडौँ- प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन आउन १९ दिन मात्र बाँकी छ । गाउँ, टोल र सहरका गल्ली-गल्लीमा निर्वाचनको माहोल तातिसकेको छ । यतिखेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेको देख्न सकिन्छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सबै जना मतदान केन्द्रमा पुग्छन् । प्रत्येक मतदान केन्द्रमा बिहान ७ देखि ५ बजेसम्म मतदान हुनेछ । घर-परिवारमा कोही दृष्टिविहिन तथा शारीरिक रुपमा असक्त सदस्य छन् भने उनीहरूलाई मतदान स्थलसम्म पुग्न पक्कै पनि सहज छैन ।
शारीरिक रुपमा अशक्त हुँदैमा मतदान गर्न पाउने अधिकारबाट वञ्चित भने हुँदैनन् । परिवारका सदस्य वा मतदान अधिकृतले सहयोग गर्ने छन् । मतदान केन्द्रका मतदान अधिकृतको अनुमतिले परिवारका सदस्यले दृष्टिविहिन तथा शारीरिक रुपमा असक्त मतदातालाई मतदान केन्द्रसम्म पुर्याउन पाउने छन् ।
निर्वाचन आयोगका अनुसार मतदान अधिकृतलाई उपयुक्त लागेमा अनुमति प्रदान गर्नेछ । अथवा मतदान अधिकृतले सहयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया