मधेश प्रदेशको १४ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य
काठमाडौँ १ मा सबैभन्दा बढी १० महिला उम्मेदवार
काठमाडौँ- मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा कम महिला उम्मेदवारको संख्या परेको छ । निर्वाचन आयोगका तथ्यांक अनुसार विभिन्न राजनीतिक दलले १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएका छैनन् ।
मधेश प्रदेशमा पर्सा ४, पर्सा २, पर्सा ३, महोत्तरी ४, धनुषा १, धनुषा ४,धनुषा २, सप्तरी ३, रौतहट २,रौतहट ३, महोत्तरी २, बारा ४, बारा २ र बारा १ मा कुल गरी १४ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी नपरेको आयोगले जानकारी दिएको छ ।
गण्डकी प्रदेशको मनाङ १, मुस्ताङ १, बाग्लुङ १, लमजुङ १, गोर्खा २ र नवलपरासी पूर्व २ मा गरी ६ निर्वाचन क्षेत्रमा कुनै पनि महिलाले उम्मेदवारी दिएका छैनन्।
बागमती प्रदेशमा सबैभन्दा बढी महिला उम्मेदवारीको संख्या परेको छ । मकवानपुर २, काभ्रेपलाञ्चोक २, धादिङ १ र दोलखा १ मा गरी ४ निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी नपरेको आयोगले प्रस्ट पारेको छ ।
कर्णाली प्रदेशमा हुम्ला १, डोल्पा १, मुगु १, दैलेख २, जाजरकोट १, रुकुम पश्चिम १, सल्यान १, कालीकोट १ र सुर्खेत १ मा गरी ९ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या परेको छैन ।
सुदूरपश्चिम प्रदेशको १० निर्वाचन क्षेत्रमा महिलाले उम्मेदवारी दर्ता गराएका छैनन् । बाजुरा १, अछाम २, अछाम १, बझाङ १, डडेलधुरा १, कैलाली २, दार्चुला १, कैलाली ४, कन्चनपुर २ र बैतडी १ मा ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा रुकुम पूर्व १, बर्दिया २, बाँके ३, पाल्पा १, बर्दिया १ र रुपन्देही ४ मा गरी ६ निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवार परेको छैन । प्रदेश १ धनकुटा १, झापा ३, सुनसरी ४, खोटाङ १, ताप्लेजुङ १, इलाम १, संखुवासभा १, भोजपुर १, पाँचथर १, मोरङ ६ र मोरङ ४ मा गरी ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार परेको छैन ।
काठमाडौँ १ मा सबैभन्दा बढी १० महिला उम्मेदवारको संख्या रहेको छ । प्रदेश १ को सुनसरी ३ मा ७ महिला उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर २ मा ६ महिला उम्मेदवार, धनुषा ३ मा ६ महिला र दाङ १ मा ५ महिलाको उम्मेदवारी परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया