राजनीति

ओलीको कारबाहीविरुद्ध नेपालसहितका नेताहरू सर्वाेच्चमा !

इकागज |
बैशाख ८, २०७८ बुधबार १७:१० बजे

काठमाडौँ  : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेको कारबाहीविरुद्ध रिट पेश गरेका छन् । आज बुधबार सर्वाेच्च अदालत पुगेर नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले रिट पेश गरेका हुन् । 

बैशाख १० गते नेकपा एमालेको केन्द्रीय कमिटीले नेपालसहितका नेतालाई कारबाही गर्ने सूचना प्राप्त भएको भएपछि उनीहरुले त्यसलाई रोक्न रिट निवेदन दर्ता प्रक्रियामा गएका हुन् ।  वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईका अनुसार संसदीय दलले स्पष्टीकरण सोधी कारबाही गर्ने मनसाय देखाएको त्यो रोकी पाउँ भनेर रिट पेश भएको छ । उनले रिट दर्ता प्रक्रियामा रहेको जानकारी दिए । केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन्।  


नेपालसहितका नेताले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, पार्टी महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट पेश गरेका हुन् । 


Author

थप समाचार
x