गृह जिल्ला पुगेर देउवाले भने : गठबन्धनलाई १०-१५ वर्ष लैजाने इच्छा छ
डडेलधुरा- प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुनु परेको बताए छन् ।
बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन निर्माण भएको बताए ।
आफ्नो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री बनेको देउवाकाे भनाइ छ । संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने आफ्नो इच्छा रहेको उनले व्यक्त गरे ।
प्रधानमन्त्री भएको बेला ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको देउवाले आरोप लगाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया