राजनीति

क्षेत्र नं २ मा कुन्ती पोख्रेलको चुनावी अभियान आक्रामक बन्दै

इकागज |
कात्तिक १९, २०७९ शनिबार १२:४७ बजे

काठमाडौंँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएको छ । काठमाडौंँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा ‘हलो’ चुनाव चिन्ह लिएर उम्मेदवार भएकी कुन्ती पोख्रेल यतिबेला चुनावी मैदानमा जुटेकी छिन् । उनी यति बेला क्षेत्र नं २ मा जोडतोडले चुनावी अभियानमा होमिरहेकी छिन ।

उनले यतिबेला आफूसँग चुनावमा प्रतिस्पर्धा गर्न लायक नेताहरु नभएको बताइरहेकी छिन् । राप्रपाका नेता तथा कार्यकर्ताले यतिबेला सशक्तरुपमा जनताको घरदैलोमा पुुगेर आफ्नो चुनाव प्रचार प्रसारलाई सशक्त बनाइरहेका छन् । मतदाताहरुको स्वस्फूर्त उपस्थितिले योबेला राप्रपा नेता कार्यकर्ताहमा उत्साहपूर्ण वातावरणको माहोल बनिरहेको छ । काठमाडौं वडा नं ९ को बत्तीसपुतलीबाट सुुरु भएको मतदाता भेटघाट कार्यक्रमम यतिबेला थली, साँखुहुँदै नाङ्लेभारेतिर विस्तार भइरहेको छ ।


यतिबेला मतदातामा को राम्रो, को सक्षम, कसले कति सामाजिक काम गरेको छ भनेर चर्चा परिचर्चा समेत हुने गरेको छ । उनले एक लाख मानिसहरूलाई रोजगारीका लागि दिएको तालिम तथा सफल उद्यमी व्यवसायी भएकोले पनि यतिबेला युवाहरूप्रति उनको क्रेज बढ्दो रहेको छ  । त्यसकारण यो पटक राप्रपाले काठामाडौँ क्षेत्र नं २ मा चुनाव जितेर इतिहास रच्ने सम्भावना रहेको बताइन्छ । 


Author

थप समाचार
x